नवनियुक्त तीन जना प्रदेश प्रमुखले आज शपथ लिँदै

बिहीबार, साउन १७, २०८१

काठमाडौं । सरकारले नियुक्त गरेका तीन प्रदेश प्रमुखले आज पद तथा गोपनियताको शपथ लिने कार्यतालिका छ।

आज साँझ ५ बजे राष्ट्रपति कार्यालयमा नवनियुक्त प्रदेश प्रमुखहरु दीपकप्रसाद देवकोटा, कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीले शपथ लिदैँछन् ।

सरकारले सोमबार प्रदेश प्रमुखमा सिफारिस गरेका उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले तीनै जनालाई बुधबार धारा १६४ को उपधारा २ अनुसार प्रदेश प्रमुख नियुक्त गरेका हुन् ।

देवकोटा बागमती प्रदेश, घर्तीमगर लुम्बिनी र जोशी कर्णाली प्रदेश प्रमुख नियुक्त भएका हुन् ।

 

 

 

 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०७:४३
प्रतिक्रिया दिनुहोस्