घट्यो पेट्रोलियम पदार्थको मूल्य

बुधबार, साउन १६, २०८१

काठमाडौं ।पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेशनले नयाँ खरिद मूल्य पठाइ भाउ घटाएसँगै नेपालमा पनि भाउ घटाइएको हो । 

जसअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाइएको छ । निगमले राति १२ बजेपछि लागू हुने गरी पेट्रोलको मूल्य एक रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँले घटाएको हो । 

यस अनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १७० रुपैयाँ र डिजेल तथा मट्टितेल १५८ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  २१:५८
प्रतिक्रिया दिनुहोस्