बाँकेको कोहलपुरमा कांग्रेस कार्यकर्ता भेला

बुधबार, साउन १६, २०८१

कोहलपुर । नेपाली काँग्रेस कोहलपुर नगर कार्यसमितिले कार्यकर्ता भेटघाट तथा खिर खाने कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली काँग्रेस कोहलपुर नगर कार्यसमितिको आयोजना तथा प्रजातान्त्रिक उद्योगी व्यवसायी कोहलपुर तथा नेपाली काँग्रेस वडा नं.११ को व्यवस्थापनमा नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४२औं स्मृति दिवसको अवसरमा कार्यकर्ता भेटघाट तथा खिर खाने कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बाँकेका पार्टी सभापति नारायण प्रसाद गौडेलले बीपी कोइरालाले संकल्प गरेको नेपाली समाज निर्माणमा नेपाली काँग्रेस लाग्नुपर्ने बताउँदै बीपी बिचारलाई सबैले आत्मासाथ गर्नुपर्ने बताएका छन् । साथै उनले आगामी कार्तिक ३ मा हुन गइरहेको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टीले तय गरेका उम्मेदवारहरुलाई बिजय गराउन सबै लाग्नुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका युवा नेता, महासमिति सदस्य तथा कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्णप्रसाद आचार्यले नेपाली काँग्रेस नेपाली जनताको जीवनसँग जोडिएको बताउँदै नेपाली काँग्रेस पार्टीको नीति, बिचार र सिद्धान्तबाटै नेपाली समाजको रुपान्तरण हुने विश्वास व्यक्त गरेका छन् । नेपाली काँग्रेस बाँकेका उपसभापतिद्वय गोपाल अधिकारी, कृष्ण कार्की, नेपाली काँग्रेस क्षेत्र नं. १ (ख) का प्रदेश सभापति बलराम शर्माले वर्तमान समयमा बीपीको बिचारसँग जनतालाई जोड्नुपर्ने बताएका छन् । साथै उनीहरुले काँग्रेसले मुलुकको परितर्वनमा महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेलेको बताउँदै काँग्रेसले गरेका गतिविधिहरुका बारेमा जनतालाई जानकार बनाउन आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले कोहलपुर उद्योग वाणिज्य संघले आजसम्म गरेका गतिविधिहरुका बारेमा जानकारी गराएका थिए । त्यस्तै कोहलपुर उद्योग वाणिज्य संघको कार्तिकमा हुने निर्वाचनका लागि नेपाली काँग्रेसबाट उम्मेदवार बनेका प्रदिप भट्टराईले सम्पूर्ण व्यवसायीहरुले भोग्दै आएका विविध समस्यासँग आफू जानकार भएको बताउँदै व्यवसायीहरुका लागि लगानीमैत्री वातावरण निर्माणका लागि आफ्नो टिम लागि पर्ने बताएका छन् ।

नेपाली काँग्रेस कोहलपुर नगर सभापति बिरेन्द्र कुमार शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण नेपाली काँग्रेस कोहलपुर नगर सचिव बालकुमार शर्माले गरेका थिए ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्