डेंगीबाट ३ जनाको मृत्यु, ४ हजार बढी संक्रमित

बुधबार, साउन १०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।  डेंगीबाट देशभर ३ जनाले ज्यान गुमाइसकेका छन् । डेंगीबाट साढे ४ हजारको संख्यामा संक्रमित भएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखाका अनुसार गत जनवरीदेखि २४ जुलाईसम्म डेंगीको संक्रमणबाट तीन जनाको मृत्यु भएको चार हजार २८९ जनामा संक्रमण भएको हो । 

६९ जिल्लामा डेंगु संक्रमण देखिएको छ । सबैभन्दा बढी सुनसरीमा दुई हजार ७५४ जना संक्रमित भएका महाशाखाले जनाएको छ । 

काठमाडौँ उपत्याकामा १४४ जना संक्रमित भएका छन् ।महाशाखाले सरकारी तथ्यांकमा यो आँकडा भए पनि सरकारी सम्पर्कमा नआएका हजारौँ संक्रमित हुन सक्नेसमेत जनाएको छ । 

जसमा आफैँ परीक्षण गराएर घरमै उपचार गरिरहेका, निजी अस्पतालमा उपचार गराइरहेकाहरुको तथ्याङ्क महाशाखासँग छैन । 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्