सरकारले कर्णाली, लुम्बिनी र बागमती प्रदेश प्रमुखलाई हटायो

मंगलबार, साउन १५, २०८१

काठमाडौं । सरकारले तीन प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले लुम्बिनी, कर्णाली र बागमती प्रदेशका प्रमुखलाई परिवर्तन गर्ने निर्णय गरेको हो।

सरकारले तीन प्रदेश प्रमुखका स्थानमा नयाँ प्रमुख नियुक्त गर्ने तयारी गरेको छ। लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर, बागमतीमा दीपकप्रसाद देवकोटा र कर्णालीमा यज्ञराज जोशीलाई नियुक्त गर्ने तयारी गरेको छ।

हालका बागमती प्रदेश प्रमुख नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल निकट हुन् ।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  ०८:१२
प्रतिक्रिया दिनुहोस्