अमेरिकामा एक नेपाली युवकको गोली हानेर हत्या

सोमबार, साउन १४, २०८१

काठमाडौं ।अमेरिकामा एक नेपालीको गोली हानेर हत्या भएको छ। अमेरिकाको टेक्सासस्थित वेको सहर नजिक रुकुम बाफीकोटका ३० वर्षीय दीपक ओलीको गोली हानी हत्या भएको बताइएको छ।

वेको सहरस्थित हाइवे ३५ मा एक ग्यास स्टेसनमा काम गर्दै आएका दीपकको बन्दुक बोकेर आएका दुई पुरुषले गोली हानी हत्या गरेको टेक्सास प्रहरीले जनाएको एनआरएनए अमेरिकाले जानकारी दिएको छ।

आज बिहान सवा ५ बजे बन्दुक बोकेर ग्यास स्टेसन आएका पुरुषहरुलाई देखेपछि ओली ज्यान बचाउन भाग्दै गर्दा अन्धाधुन्ध ओलीमाथी उनीहरुले गोली चलाएका थिए।

घटनाबारे प्रहरीले ओलीको परिवारलाई जानकारी गराइसकेको जनाएको छ भने हत्याराहरुको खोजीकार्य तीब्र पारेको प्रहरीले जनाएको छ ।मृतक ओलीका एक श्रीमती र छोरी छन् ।

 

 

 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्