एक क्विन्टल बढी गाँजासहित दुई जना पक्राउ

सोमबार, साउन १४, २०८१

सुनसरी । सुनसरी जिल्लामा फेरि १ क्विन्टल १६ गाँजा बरामद भएको छ।

सशस्त्र प्रहरीले आइतबार सुनसरी जिल्लाको ईनरुवा नगरपालिका-९ बबिया चोकबाट १ सय १६ किलो गाँजासहित धनकुटा जिल्लाको साघुँरीगढी गाउँपालिका-१ बुढीमोरङ्ग बस्ने ३२ वर्षिय र २२ वर्षिय युवकलाई नियन्त्रणमा लिएको जनाएको छ।

गाँजा ओसारपसार गर्दै गरेको विशेष सुचना पाएर सशस्त्र प्रहरीको नंं. ४ गण सुनसरीको टोलीले धनकुटाबाट प्रदेश नं. १–०२–००२ च ६८८३ नम्बरको टाटा सफारी गाडीमा लोड गरी सुनसरीतर्फ ल्याउँदै गरेको १ क्विन्टल १६ कोलो गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ गरिएका  दुवै जना र बरामद गरिएको गाँजा र गाडीलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्