नेकपा एमालेले माग्यो गृहमन्त्री श्रेष्ठको राजिनामा

बुधबार, साउन १०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । १ क्विन्टल सुन प्रकरणमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ । 

आज बसेको प्रतिनिधि सभा बैठकमा एमालेले सुन तस्करलाई संरक्षण गरेको भन्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले पदबाट राजीनामा दिनुपर्ने माग गरेको हो । 

एमाले प्रमुख सचेतक पदम गिरीले पटक पटक सुन तस्करी भइरहेको र यसलाई रोक्नुको सट्टा सरकारले नै संरक्षण गरेको भन्दै तत्काल गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग गरे । 

सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने,  गृहमन्त्रीले राजीनामा दिनुपर्ने र यसबारे सरकारबाट जवाफ आउनुपर्ने भन्दै उनले अन्यथा संसद बैठक अघि बढ्न नसक्ने जानकारी गराए ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्