रास्वपाले आफूलाई गरेको कारबाही अवैधानिक भन्दै मुकुल ढकालले दिए निर्वाचन आयोगमा निवेदन

आइतबार, साउन १३, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफूलाई पार्टीको महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

ढकालले आयोगमा निवेदन दिँदै रास्वपाले आफूलाई पदबाट हटाएको पत्र अहिलेसम्म नपाएको र राजनीतिक दलसम्बन्धी ऐन अनुसार आयोगमा पार्टीको विवरण अद्यावधिक नगर्न आग्रह गरेका हुन् ।

उनले आफूलाई सफाईको अवसर नै नदिएर पदबाट हटाइएको जिकिर गरेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्