पहिरोमा पुरिएर ३ जना बेपत्ता, दुईको उद्धार

आइतबार, साउन १३, २०८१
Neuro hospital Nepalgunj

गोरखा । गोरखामा पहिरोले पुरिएर ३ जना बेपत्ता भएका छन् । गोरखाको धार्चे गाउँपालिका-५ रेसा गाउँमा पहिरोले घर र एउटा फर्म पुरेक्प थियो।

आज बिहान ३ बजे पहिरोले ५ जनालाई पुरेको थियो तर सुरक्षाफौजले २ जनाको उद्दार गरिसकेको छ भने अझै ३ जना बेपत्ता भएको गोरखा प्रहरीले जानकारी दिएको छ।

अहिले नेपाली सेना, नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीयको टोलीले बेपत्ता भएका ३ जनाको खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०९:१९
प्रतिक्रिया दिनुहोस्