तुलसीपुरमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबुछोरासहित तीन घाइते

शनिबार, साउन १२, २०८१

दाङ । दाङको तुलसीपुरमा आज दिउँसो दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा बाबु छोरासहित तीन जना छन् ।

इलाका प्रहरी तुलसीपुरका अनुसार घाइते हुनेमा तुलसीपुर उपमहानगरपलिका- ९ का २२ बर्षीय संगित चौधरी र सल्यानको कालीमाटी गाउँपालिका-३ का ३३ बर्षीय हर्कबहादुर वली र उनका १० बर्षीय छोरा डिम्पल वली रहेका छन् ।

चौधरीलाई दुबै हात खुट्टामा चोट पटक छ भने वलीलाई दुबै हात खुट्टा र निधारमा चोट छ । उनीहरु दुबैको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

त्यस्तै वलीका छोरा दश बर्षे बालक डिम्पल बजारिएर भित्री चोट रहेपनि अवस्था भने सामान्ने रहेको प्रहरीले जानकारी दिएको छ । घाइते सबैको तुलसीपुरमै उपचार भइ रहेको छ ।आज दिउँसो पौने २ बजेतिर तुलसीपुर- ८ चमेरेखोला नजिक दुई मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको चौधरीले हाँकेको रा ६ प १०१४ नम्बरको मोटरसाइकल र पश्चिम बाट तुलसीपुर तर्फ आउँदै गरेको वलीले चलाएको रा ५ प १९३९ नम्बरका मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। दुबै मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्