बाँके कांग्रेसका पूर्व क्षेत्रिय सभापति मल्ल पार्टीबाट निष्कासित

बुधबार, साउन १०, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले पूर्व क्षेत्रीय सभापति नरबहादुर मल्ललाई पार्टीबाट निष्काशन गरेको छ ।

कोहलपुर वृहत्तर खानेपानी उपभोक्ता संस्थामा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरी अन्य उम्मेदवारको प्रचारप्रसार गरेकाले क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिको कार्वाही सिफारिस अनुसार मल्ललाई पार्टीबाट ५ वर्षका लागि निष्काशन गरेको अनुशासन समिति संयोजक टंकप्रसाद काफ्ले (आशिष) ले बताए ।

पार्टीलाई क्षती पुग्ने कार्य गरेकाले उनलाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको काफ्लेले बताए । मल्ल कांग्रेसका क्रियाशील सदस्य एवम् क्षेत्रीय प्रतिनिधि हुन् । 

मल्ललाई पार्टीको विधान २०१७ परिच्छेद ९ को धारा ३४ उपधारा ४ (क) र पार्टीको नियमावली २०७६ परिच्छेद १० को बुँदा नम्बर २९ को १ (क) र (ङ) का साथै नेपाली कांग्रेस बाँकेको प्रथम जिल्ला सम्मेलन २०७९ को प्रतिवेदन १२ को (च) बमोजिम पाँच बर्षका लागि पार्टीबाट निष्कासन गरिएको हो ।  

कोहलपुर वृहत्तर खानेपानी उपभोक्ता संस्थाको निर्वाचन साउन १२ गते हुँदैछ । उक्त निर्वाचनमा नेपाल कांग्रेसबाट टेकनारायण भुषाल नेतृत्वको प्यानल प्रतिष्पर्धामा छ ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्