सन्दीप लामिछानेविरुद्ध मुद्धा अगाडि नबढाउन पीडितले दिइन् निवेदन

शुक्रबार, साउन ११, २०८१

काठमाडौँ । बलात्कार मुद्दामा पीडित गौशाला–२६ ले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्धा अगाडि नबढाउन निवेदन दिएकी छिन् । गौशाला–२६ ले सरकारी वकिलको कार्यालयमा आफैँ ले निवेदन लेखेर सन्दीपविरुद्ध मुद्धा अगाडि नबढाउन निवेदन दिएकी हुन् ।

गौशाला–२६ ले आफूलाई मानसिक रुपमा अप्ठ्यारो परेको भन्दै अब यस मुद्धामा लागिरहन नसक्ने निष्कर्षमा पुगेको निवेदनमा उल्लेख गरेकी छिन् ।

उनले आफूलाई अहिले पनि धम्की आइरहेको र सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी भइरहेकोले त्यसले आफूलाई मानसिक रुपमा असर गरिरहेको निवेदनमा उल्लेख गरेको सरकारी वकिलको कार्यालय स्रोतले बताएको छ ।

सन्दीपविरुद्धको मुद्धामा उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतको आदेशलाई उल्टाउँदै निर्दोष रहेको फैसला दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले सन्दीपलाई सफाई दिएको थियो ।

यसअघि काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई गत पुस २५ मा जबर्जस्ती करणी मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद र ५ लाख जरिबाना सुनाएको थियो । 

 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्