सरकारको मुख्यसचिवमा लिलादेवी र योजना आयोगको उपाध्यक्षमा शिवराज नियुक्त

बिहीबार, साउन १०, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ । देशले पहिलो महिला मुख्यसचिव पाएको छ। लिलादेवी गड्तौलालाई सरकारले मुख्यसचिवमा नियुक्त गरेको छ ।

आजको मन्त्रिपरिषद् बैठकले सरकारको कायममुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । 

त्यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरू पनि नियुक्त गरेको छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारीलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए । 

त्यसै गरी राष्ट्रिय योजना आयोगका सदस्यहरुमा डा. आरती बिछार, डा. रमेश प्रसाद सिंह, डा..प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १८:५९
प्रतिक्रिया दिनुहोस्