भुटानी शरणार्थी प्रकरण: बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चको अस्विकार

बिहीबार, साउन १०, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । १ महिनादेखि नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

 न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमा अन्तिम आदेश गर्दै कानून बमोजिम गर्नु भनी आज आदेश गरेको हो ।

थुनामा रहेका झाका छोरा दिव्यान्शु शेखर झाले गत असार ३० गते सर्वोच्चमा रिट हालेका थिए । सो रिट असार ३१ गते न्यायाधीश विनोश शर्मा र गत साउन ६ गते ढुंगानका कै इजलासमा पेशी परेको थियो । तर, आफू अनुकुलका न्यायाधीश नभएको भन्दै उनका कानून व्यवसायीले पेशी स्थगित गरेका थिए ।

झालाई प्रहरीले गत असार १५ गते राति पक्राउ गरेको थियो । झालाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा बिचौलीको भूमिका निर्वाह गरेको आरोप छ ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्