दंगीशरण गाउँपालिकाले गएको वर्षमा कति बनायो सडक?

बिहीबार, साउन १०, २०८१
Neuro hospital Nepalgunj

प्रमोद आचार्य/दाङ। दाङको दंगीशरण गाउँपालिकाले बितेको आर्थिक बर्षमा एक किलोमिटर सडक कालोपत्रे गरेको छ ।

आर्थिक बर्ष २०८०- ०८१ मा भौतिक पूर्वाधार तर्फ एक किलोमिटर सडक कालोपत्रे, साढे तीन किलोमिटर सडक स्तरउन्ति, साढे सात किलोमिटर ग्रयाभेल रोलिङ र थप एक किलोमिटर सडकको नयाँ ट्रयाक खोलेको छ।

गाउँपालिकाले सडक कालोपत्रे गर्नुका साथै पक्की नालासहितको मापदण्ड अनुरुप सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको पुर्वाधार शाखा प्रमुख भुमप्रसाद बोहराले बताए ।

दंगीशरणले चालु आर्थिक वर्षपनि सिंचाई र सडकलाई प्राथमिकतामा राखेर बिकास निर्माणका कामहरु अगाडि बढाउने गाउँपालिका अध्यक्ष शम्भु गिरीले जानकारी दिए । गिरीले मानविय विकास अन्तरर्गत अपाङ्गता, बिपन्न, गरिव, सीमान्तकृत समुदाय, महिला तथा जेष्ठ नागरिकको क्षेत्रमा थुप्रै कार्यक्रमहरु लागु गरिएको जानकारी दिए ।

अध्यक्ष गिरीले सबैभन्दा नजिकको र सहारा दिने सरकार भनेकै स्थानीय सरकार रहेकाले आमजनतालाई स्थानिय सरकारको महसुस हुनेगरी अगाडि बढेको दाबी गरे ।

‘जनताका कयौँ आशा अपेक्षा छन, तर, हामीसँग सीमित साधन स्रोत छ,’ उनले भने ‘ यसका बाबजुत पनि हामीले जनताका आशालाई निरासामा बदलिन दिएका छैनौं ।’

पछिल्लो समय उपल्ला सरकारबाट घटेर आउने बजेटका कारण बिकास निर्माणका कामहरु गर्न केही कठिनाई भइ रहेको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्