मन्त्री न्यौपानेलाई गृह जिल्लामा भव्य स्वागत

बिहीबार, साउन १०, २०८१

दाङ । लुम्बिनी सरकारका मन्त्री प्रचण्ड बिक्रम न्यौपाने (गुन्टु) लाई गृह जिल्ला दाङमा भव्री स्वागत तथा सम्मान गरिएको छ । शपथ खाएर गृह जिल्ला दाङमा आएका मन्त्री न्यौपानेलाई नेपाली कांग्रेस  दाङ क्षेत्र नम्बर २ ले स्वागत तथा सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले सम्पूर्ण मतदाता तथा पार्टी पङ्क्तिका नेताहरुप्रति आभार प्रकट गरेका थिए ।

‘निर्वाचनमा मतदान गर्ने सम्पूर्ण मतदाता तथा पार्टी पङ्क्तिका सम्पूर्ण नेतागणप्रति आभार प्रकट गर्दछु । समग्र दाङको विकास तथा लुम्बिनी प्रदेशको विकासमा निरन्तर रुपमा लाग्ने छु । निर्वाचनका बेला अभिव्यक्त गरेका विचारलाई अत्यन्त ताजा रुपमा सम्झेको छु । आफ्नो कार्यकालमा विकासका कामलाई सके जति तीव्र गतिमा अगाडि बढाउने प्रयत्न गर्ने छु । यसका लागि सम्पूण मतदाता तथा पार्टीका नेताहरुको साथ सहयोगको अपेक्षा गर्दछु ।’ मन्त्री न्यौपानेले बताए ।

कांग्रेस  दाङ क्षेत्र नम्बर २ का सभापति भीमप्रकाश खड्काको सभापतित्व सम्पन्न कार्यक्रममा बोल्नै वक्ताहरुले मन्त्री न्यौपानेले शुभकामना तथा बधाई ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव आरके शीतलले गरेका थिए ।मन्त्री न्यौपानेले जिल्लाको घोराहीस्थित बिपी चोकमा अवस्थित विपीको सालिकमा माल्यार्पण गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्