श्रोत नखुलेको १२ लाख रुपैयाँसहित दुई जना पक्राउ

बिहीबार, साउन १०, २०८१

तनहुँ । प्रहरीले स्रोत नखुलेको १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ गरेको छ । तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको हो ।

उक्त कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका–५ पासाबाङ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसीलाई पक्राउ गरिएको होे।

काठमाडौँबाट मोटरसाइकलमा पोखरातर्फ गइरहेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा उक्त नगद बरामद भएको हो । 

 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्