सौर्य एयर दुर्घटना अपडेट: १८ जनाको मृत्यु, जहाजका क्याप्टेन अस्पतालमा

बुधबार, साउन ९, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं ।त्रिभुवन विमानस्थलमा दुर्घटना भएको सौर्य एयरको ९ एन-एएमई  (सीआरजे २००)कल साइनको जहाजमा १९ यात्रु सवार रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ। 

आज बिहान ११:११ बजे उक्त जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ। जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको देखिएको विमानस्थल कार्यालयले जनाएको छ ।  

अहिलेसम्म जहाजमा सवार १९ मध्ये  १८ जनाको मृत्यु भएको  त्रिभुवन विमानस्थलले जनाएको छ । मृतकहरु १८ जना जहाजमा सवार रहेको बताइएको छ। 

जहाजका क्याप्टेनको केएमसी अस्पताल र महाराजगन्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। जहाज सौर्य एयरका कर्मचारीलाई लिएर पोखरा जाँदै थियो।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्