पोखरा जाँदै थियो दुर्घटनामा परेको सौर्य एयरको जहाज

बुधबार, साउन ९, २०८१

काठमाडौं । केही बेरअघि त्रिभुवन विमानस्थलबाट पोखरा  उड्न लागेर धावनमार्ग छोडेको सौर्य एयरको ९ एन(एएमई  ९सीआरजे २००० कल साइनको जहाज दुर्घटनामा परेर अहिले उद्धार कार्य जारी छ।

जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको देखिएको विमानस्थल कार्यालयले जनाएको छ ।  जहाजमा रहेका यात्रुहरुको बारेमा अझै केही नखुलेको प्रहरीले जनाएको छ। उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा परेको स्थानबाट क्याप्टेनको उद्धार गरिएको छ ।उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य रहेका छन् । उनलाई सिनामंगलको केएमसी अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्