संसद् भवन घेर्न पुगेका लघुवित्त पीडित र प्रहरीवीच झडप

बुधबार, साउन १०, २०८०

काठमाडौ। नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि झडप भएको छ ।

लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समिति नेपाल केन्द्रीय समितिले  संसद् भवन घेराउ गर्ने क्रममा प्रहरीसँग झडप भएको हो ।

विभिन्न माग राख्दै लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समिति अहिले आन्दोलनमा छ । 

 नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न तथा समाजवादी अर्थतन्त्रको विकास गर्न समितिको माग छ ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्