सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । आगामी साउन २६ र २७ गते माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले अन्तिम ग्रेड 'सी' वा 'सी' भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने जनाएको छ। परीक्षार्थीहरु मध्ये बढीमा दुई विषयसम्म अनुपस्थित रहेकाहरुले पनि पूरक परीक्षा दिने पाउने बोर्डले जानकारी दिएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार ग्रेड वृद्धिका लागि आगामी २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय ईकाइमा पेश गरिसक्नुपर्ने छ भने परीक्षा रद्द भएका परीक्षार्थीहरुका हकमा पूरक परीक्षा दिन नपाइने भएको छ।
त्यस्तै एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिनमा नै परीक्षा दिनुपर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।