वुमन एसिया कप: आज नेपालले भारतसँग खेल्दै

मंगलबार, साउन ८, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं ।श्रीलंंकामा जारी वुमन एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयानुसार साँझ सवा ७ बजेबाट श्रीलंंकाको डम्बुला मैदानमा हुनेछ ।

समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिस्पर्धी भारतको सामना गर्न लागेको हो । भारत समूहमा दुई खेल जित्दै शीर्ष स्थानमा रहेको छ । 

त्यस्तै पाकिस्तान दुईमा एक जित र एक हारसहित समूहमा दोस्रो स्थानमा छ भने नेपाल पनि दुईमा एक हार र एक जितसहित तेस्रो स्थानमा छ । त्यस्तै दुवै खेल हारेको युएई समूहको अन्तिम स्थानमा छ । 

नेपाल अघिल्लो चरणमा प्रवेश गर्नका लागि जित्नुपर्ने दबाब छ । युएईलाई ६ विकेटले हराएको नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । आजको खेल नेपालले जित्नै पर्ने दवाब रहेको छ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०९:०२
प्रतिक्रिया दिनुहोस्