एमालेका चेतनारायण लुम्बिनीको मुख्यमन्त्री नियुक्त

सोमबार, साउन ७, २०८१
Neuro hospital Nepalgunj

नेपालगन्ज । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई आज मुख्यमन्त्री नियुक्त गरेका हुन् । शेरचनले उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

आचार्यले आजै कांग्रेसको समर्थनमा दाबी पेश गरेका थिए । उनी एमाले संसदीय दलको उपनेता हुन् । 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १७:२६
प्रतिक्रिया दिनुहोस्