अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ

सोमबार, साउन ७, २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना लेखा अधिकृतलाई घुससहित पक्राउ गरेको छ।

अख्तियारका अनुसार घुससहित पक्राउ पर्नेमा भरतपुरस्थित विपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला रहेकी छिन् ।

हेटौंडाबाट गएको अख्तियारको टोलीले लेखा अधिकृत कोइरालालाई भरतपुरको एक रेस्टुरेन्टबाट १ लाख ५० हजार नगद घुस रकम र ४ लाख ५० हजारको चेकसहित पक्राउ गरेको जनाएको छ। 

लेखा अधिकृत कोइरालाले औषधि आपूर्तिको भुक्तानी गरे बापत सेवाग्राहीसँँग घुस लिदै गरेको अवस्थामा अख्तियारले पक्राउ गरेको जनाएको छ।

 

 

 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ०७:५३
प्रतिक्रिया दिनुहोस्