वुमन एसिया कपमा आज नेपाल पाकिस्तानविरुद्ध खेल्दै

आइतबार, साउन ६, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेपालले आज वुमन एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तानसँँग खेल्दैछ। श्रीलंंकाको  दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल  नेपाली समयानुसार बेलुका ७:१५ बजे सुरु हुनेछ । 

प्रतियोगितामा लगातर दोस्रो जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रनेछ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गरेको थियो । पाकिस्तान पनि पहिलो जित निकाल्ने उद्देश्यका साथ खेल्नेछ । यसअघि भएको पहिलो खेलमा पाकिस्तान भारतसँग सात विकेटले पराजित भएको थियो ।

सन् २०१६ मा भएको एसिया कपमा यी दुई टोलीको भेट भएको थियो । पाकिस्तानले नेपाललाई ९ विकेटले पराजित गरेको थियो । 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०९:२२
प्रतिक्रिया दिनुहोस्