कांग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे नियुक्त

शनिबार, साउन ५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे नियुक्त भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले रिक्त रहेको प्रमुख सचेतकमा आज सिन्धुली-१ बाट निर्वाचित घिमिरेलाई नियुक्त गरेका हुन् ।

सभापति देउवाले संंसदीय दलको विधानको धारा १३ को उपधारा १ अनुसार सांंसद घिमिरेलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेस  र नेकपा एमालेको नयाँ सरकारमा असार ३१ गते रमेश लेखक गृहमन्त्री नियुक्त भएपछि प्रमुख सचेतक पद रिक्त हुँदै आएको थियो।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १८:२७
प्रतिक्रिया दिनुहोस्