महिला विश्वकप फुटबल: यस्तो छ अहिलेसम्मको समूहगत अंक

बुधबार, साउन १०, २०८०

काठमाडौं । ९ औं महिला विश्वकप फुटबल अष्ट्रेलिया र न्यूजिल्याण्डमा जारी छ। पहिलो पटक ३२ राष्ट्र सहभागी भएको विश्वकपमा अहिलेसम्म  स्वीट्जरल्याण्ड ४ अंकका साथ सबैभन्दा माथि छ। 

आज विश्वकपका ३ खेल हुँदैछन् । पहिलो खेलमा समूह सी अन्तर्गत बिहान १०ः४५ बजे जापानले कोस्टारिकासँग खेल्नेछ । 

दोस्रो खेलमा सोही समूहकै खेलमा दिउँसो १ः१५ बजे स्पेनले जाम्बियासँग खेल्दैछ ।  अन्तिम खेलमा समूह बी को खेलमा क्यानाडाले आयरल्याण्डसँग खेल्नेछ । 

अहिलेसम्मको अंक तालिका-

समूह एबाट स्वीट्जरल्याण्डको २ खेलबाट ४ अंक छ। न्यूजिल्याण्ड र फिलिपिन्सको समान ३ अंक छ भने नर्वेको १ अंक छ । अन्तिम भिडन्तबाटै अर्को चरण पुग्ने दुई टिमको टुंगो लाग्नेछ । 

समूह बीको खेलमा अष्ट्रेलियाले ३ तथा क्यानडा र नाइजेरियाले १–१ अंक बटुलेका छन् । आयरल्याण्ड अंकविहीन छ । 

समूह सीमा जापान र स्पेनको समान ३–३ अंक रहेको छ । कोस्टारिका र जाम्बिया अंकविहीन छ । 

समूह डीमा डेनमार्क र इङल्याण्डको समान ३–३ अंक छ भने चीन र हैटी अंकविहीन छन् । 

समूह ईमा अमेरिका र नेदरल्याण्ड्सको समान ३ अंक छ भने पोर्चुगल र भियतनाम अंकविहीन छन् । 

समूह एफमा ब्रजिलको ३ अंक छ भने फ्रान्स र जमैका अंकविहीन छन् । पानामा अंकविहीन छ । 

समूह जीमा स्वीडेन र इटालीको ३–३ अंक छ भने दक्षिण अफ्रिका र अर्जेन्टिना अंकविहीन छन् । 

समूह एचमा जर्मनी र कोलम्बियाको समान ३ अंक छ भने दक्षिण कोरिया र मोरक्को अंकविहीन छन् । 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्