त्रिशुलीमा बेपत्ता यात्रुमध्ये हालसम्म २३ को शव फेला,१४ जनाको पहिचान

शुक्रबार, साउन ४, २०८१
Neuro hospital Nepalgunj

चितवन । त्रिशुलीमा बेपत्ता भएका दुबै बसका ६२ जना यात्रुमा हालसम्म २३ जनाको शव फेला परेको छ ।

नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत साता शुक्रबार बिहान पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका २३ मध्ये १४ शवको सनाखत भएको छ भने बाँकी ९ जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सनाखत हुनेमा भारतका ऋषिपाल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप बिक, बाराका परमानन्द पण्डित, चन्द्रनिगापुरका किशोरकुमार चौधरी, रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी र रौतहटकी अमृता कुमारीको शव सनाखत भएको छ । अरु पाँच जना पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाण्डौबाट गौरको लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपती डिलक्सको बस पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थिए । दुवै बसमा गरी ६५ यात्रु रहेकोमा तीन जनाले आफूलाई बचाएका थिए । अझै कम्तीमा ३९ यात्रु बेपत्ता छन् ।

त्रिशुलीमा बेपत्ता रहेका दुवै बसको नेपाली सेना र सशस्त्रका गोताखोरले खोजी रहे पनि अहिलेसम्म फेला पार्न सकिएको छैन ।

 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १४:३०
प्रतिक्रिया दिनुहोस्