तस्करी नियन्त्रणमा सुदूूरपश्चिम सशस्त्र प्रहरीको बढ्दो सक्रियता

शुक्रबार, साउन ४, २०८१

कैलाली । सुदूूरपश्चिम प्रदेशबाट सशस्त्र प्रहरी बलले आर्थिक वर्ष २०८०-०८१ मा साढे १० करोड रुपैयाँ बढीको अवैध सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी  बल नंं. ७ बैद्यनाथ बाहिनीका बर्तमान सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) दीपक अधिकारीको कमाण्डमा रहेको सुदूूरपश्चिम प्रदेशबाट  गत आर्थिक वर्ष २०७९-०८० को भन्दा ३८.९९ प्रतिशत बढी अवैध सामाग्री बरामद गर्न सफल बनेको छ ।

आर्थिक वर्ष २०७९-०८० मा ७ करोड ६२ लाख ७० हजार १९१ रुपैयाँको सामाग्री बरामद गर्दा २०८०-०८१ मा सशस्त्र प्रहरीले १० करोड ६० लाख १० हजार ७३८ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको डीआइजी अधिकारीले जानकारी दिएका छन् । जसमा खाद्यान्नदेखि अन्य ठुला सामग्री रहेका छन् ।

लागुऔषधविरुद्धको कारबाही-

सशस्त्र प्रहरीले सुदूूरपश्चिममा अवैध सामग्री मात्रै बरामद नगरेर लागुऔषधविरुद्धको अभियान अन्तर्गत पनि ठूलो परिमाणमा प्रतिवन्धित औषधिदेखि खैरो हेरोइनसम्म बरामद गरेको छ । जस अनुसार सशस्त्र प्रहरीले सुदूूरपश्चिमबाट २९.४९ ग्राम ब्राउन सुगर, १३.६९ ग्राम खैरो हेरोइन बरामद गरेको हो । उक्त परिमाण अत्यधिक ठूलो मात्रा रहेको नेपाल प्रहरीका अपराध अनुसन्धानमा कार्यरत अधिकृतहरु बताउँछन् ।

त्यसैगरी सशस्त्र प्रहरीले १.६० किलो चरेस पनि बरामद गरेको हो भने प्रतिवन्धित औषधितर्फ ठूलो परिमाणमा  नाइट्राभेट-३ ट्याबलेट, स्पास- ९ ट्यावलेट, डाइजेपाम इन्जेक्सन २ एमएल (५एमजी), प्रोमेथिएन हाइड्रोक्लोरोरिड इन्जेक्सन २ एमएल (२५ एमजी), बुप्रोफिन इन्जेक्सन, प्रोक्सीवेल स्पास, टर्माडोल हाइड्रोक्लोरिड क्याप्सुल, नाइट्राजेपाम क्याप्सुल र भेग्रा जस्ता प्रतिवन्धित औषधि बरामद गरेको सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनीले जनाएको छ । यस दौरानमा सशस्त्र प्रहरीले प्रतिवन्धित औषधि र लागुऔषधसहित पक्राउ गरेका ५२ जनालाई आबश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाएको जानकारी दिएको छ ।

मानव बेचबिखनमा परेकाको उद्धार- 

सशस्त्र प्रहरीले मानव बेचबिखनविरुद्धको अभियानमा एक वर्षमा कयौं  महिलाको उद्धार गरेको छ । विभिन्न प्रलोभनमा पारेर भारततर्फ लिएर जाँदै गरिएका ३८ जना महिलाको सशस्त्र प्रहरीले विभिन्न स्थानबाट सकुशल उद्धार गरेको हो । सशस्त्र प्रहरीले उद्धार गरेका महिलाहरूलाई विभिन्न संघसंस्थामार्फत परिवारको जिम्मा लगाएको डीआइजी अधिकारीले बताए ।

हातहतियार तथा विष्फोटक पदार्थ बरामद-

सशस्त्र प्रहरीले सुदूूरपश्चिमका विभिन्न जिल्लाबाट हतियार तथा विष्फोट पदार्थ बरामद समेत गरेको छ । सशस्त्र प्रहरीले चेकजाँचका क्रममा शंकास्पदरुपमा पेस्तोलसहित अन्य विष्फोट पदार्थ बरामद गरेको हो । जसमा सशस्त्र प्रहरीले २ किलो गन्धक, १० किलो सुरा, एक थान पेस्तोल र १३ राउन्ड गोली बरामद गरेको हो।

विपदमा उद्धार-

यस मनसुन विपदमा सशस्त्र प्रहरी नै जनताको सारथी बनेको छ । आफ्नो ज्यानको प्रवाह नगरेर सशस्त्र प्रहरीका सकल दर्जाले जनताको ज्यानको रक्षा गर्न अहंं भूमिका खेलेका छन् । हालसम्म देशभरमा विपदबाट १२४ बढीको ज्यान गएको छ ।

जसमा सुदूूरपश्चिमस्थित सशस्त्र प्रहरीले  मनसुनकै समयमा ११९ दुर्घटना हुँदा ४५ जनालाई जिवितै उद्धार गर्दा मृत्यु भएका २८ जनाको शव बरामद गरेको छ । यस दौरानमा ३५५ जना सशस्त्र प्रहरी परिचालन भएको डीआइजी अधिकारीले जानकारी दिएका छन् ।

त्यस्तै प्रदेशभरको १४८ आगलागीका घटनामा ४ जनाको मृत्यु हुँदा सशस्त्र प्रहरीले २ जनालाई जिवितै उद्धार गरेको थियो। यस कार्यमा १४९५ जना सशस्त्र प्रहरी परिचालन भएका थिए ।

सशस्त्र प्रहरीले अविरल वर्षासँँगै आएको बाढीका कारण भएको ३६  डुबानका घटनामा ५०९ जन जनशक्ति परिचालन भई १६ जनाको शव बरामद गर्दा २७ जनाको सकुशल उद्धार गरेको थियो ।

जेठ १९ देखि असर २५ गतेसम्मको कठिन समयमा सशस्त्र प्रहरीले सुदूूरपश्चिमभर विपद घटनामा ६३ वटा बाढी र  डुबानका घटनामा उद्धार कार्य उत्कृष्टरुपले गर्न सफल भएको छ । सशस्त्र प्रहरीले पहिरोले अवरुद्ध भएका २५ सडकको पहिरो पन्छाउँदै सडक सुचारु गरेको थियो ।

त्यस्तै उक्त विपदमा ११ जनाको मृत्यु हुँदा १ जना बेपत्ता र २ जना घाइते तथा ९८ जनालाई सकुशल उद्धार गरेको थियो । ती घटनामा १०९४ सशस्त्र परिचालन हुँदा जोखिममा परेका ३४ सय ३५ जनालाई सुरक्षित स्थानमा सशस्त्र प्रहरीले स्थान्तरण गरेको थियो ।

सुदूूरपश्चिम प्रदेशस्थित सशस्त्र प्रहरी बलका डीआइजी अधिकारीका अनुसार मनसुनको समयमा विपदका घटनामा आपतकालीन उद्धार, खोजतलास गर्न कैलालीको अत्तरिया, बनवेहडा, धनगढी, खोनपुर, भजनी, खक्रौल, डुडुझारी, कन्चनपुरको झलारी, दोधारा-चाँँदनी, बेलौरी, जिमुवा, डोटीको दिपायल, डडेल्धुराको खंंलगा, परिगाउँ, अछामको सदरमुकाम मंगलसेन लगायतका २१ स्थानमा विपद् व्यवस्थापन टोली तत्काल परिचालन हुने गरी स्ट्याण्डबाइ हालत राखिएको छ । 

त्यस्तै विपदका लागि अत्तरियामा गोताखोरसहित विपद् उद्धार टोली मास क्याजोएल्टी भेकल र एम्बुलेन्ससहित २४ घन्टा तयारी हालतमा अधिकारीले जानकारी दिएका छन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशको विपद् जोखिम नक्साङ्कन गरी सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद घटना हुने सक्ने स्थानहरुमा  ३५-३५ जनाको ९ वटा विपद् रेस्पोन्स टिम निरन्तर परिचालन भई स्थानीय बासिन्दाहरुलाई विपद जोखिम न्यूनीकरण सम्बन्धि सचेतनामूलक कार्यहरु संचालन गरिरहेको डीआइजी अधिकारीले बताए।

अहिले मनसुनको समय भएकाले सुदूूरपश्चिममा जोखिम हुने स्थानमा जथाभावी नजान र हेलच्र्याइंँ नगर्न डीआइजी अधिकारीले बताउँदै विपदको जोखिम हुने देखिए तत्कालै सशस्त्र प्रहरीलाई खबर गर्न सम्बन्धित सबैमा आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्