लुम्बिनी प्रदेशबाट सशस्त्र प्रहरीले बरामद गर्‍यो साढे ३१ करोड बढीको अवैध सामाग्री

गत आर्थिक वर्षको भन्दा ३७.९२ प्रतिशत बढी
बिहीबार, साउन ३, २०८१

काठमाडौं । लुम्बिनी प्रदेशभरबाट सशस्त्र प्रहरीले  साढे ३१ करोड बढीको अवैध सामाग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बल लुम्बिनी नंं ५ विन्ध्यवासिनी बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) अभि खत्रीको कमान्ड रहेको प्रदेशभरबाट आर्थिक वर्ष २०८०-०८१ मा ३१ करोड ५० लाख ६७ हजार १४६ रुपैयाँ बराबरको  अवैध सामाग्री बरामद गर्न सफल भएको छ।

राज्यलाई कर तिरेर व्यापार गरिरहेका व्यापारीहरुलाई धरासायी बनाउन खोज्ने तस्करहरुविरुद्ध र राज्यको ढुकुटी बढाउनुपर्छ भन्ने मान्यताका साथ कडारुपले प्रस्तुत हुँदै आएको सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशभरका सबै सीमासँग जोडिएका जिल्लाबाट अवैधरुपले भित्रिएका सामग्रीहरुलाई धमाधम बरामद गर्दै अघिल्लो आर्थिक वर्षभन्दा झण्डै दोब्बर रुपैयाँ बराबरको अवैध रूपमा भित्रिएको सामाग्री बरामद गरेको छ।

लुम्बिनी प्रदेशभरका सीमासँग जोडिएका विन्ध्यवासिनी बाहिनीसहित ७ जिल्लामा तैनाथ सशस्त्र प्रहरी कार्यालयहरुले गत साउन महिनादेखि असार मसान्तसम्मको बरामद अभियानमा सबैभन्दा बढी सवारीसाधनबाट ८ करोड ७५ लाख २७ हजार २६५ रुपैयाँ रहेको डीआईजी खत्रीले जानकारी दिएका छन् । यो रकम अवैध रुपमा ल्याइएका सामाग्रीसहित नियन्त्रणमा लिइएका सवारीसाधन हुन् ।

त्यसैगरि बरामद गरिएको लत्ताकपडा र जुत्ताचप्पलतर्फ ६ करोड ३६ लाख २६ हजार ८०४ रुपैयाँ रहेको छ भने सशस्त्र प्रहरी लुम्बिनी प्रदेशभरबाट खाद्यान्न र किरानाबाट ३ करोड ७६ लाख ६० हजार ८८९ रुपैयाँ, बरामद गरिएको इलेक्ट्रोनिक्सतर्फ २ करोड ४४ लाख ७० हजार ७७४ रुपैयाँ रहेको छ। त्यस्तै २ करोड ८ लाख ४७ हजार १६१ रुपैयाँ बराबरको  माछा र मासु बरामद गरेको हो। १ करोड ३८ लाख ४९ हजार ९८४ रुपैयाँ बराबरको तरकारी र फलफुल बरामद गरेको सशस्त्र प्रहरीका डीआईजी खत्रीले बताए।

डीआईजी खत्रीका अनुसार १ करोड १० लाख ३७ हजार ७ सय रुपैयाँ बराबरको हार्डवयरका अवैध समाग्री बरामद गरिएको हो। यसैगरी ७६ लाख ४६ हजार ३५९ रुपैयाँको चिनी, त्यसैगरी सशस्त्र प्रहरीले श्रोत नखुलेको ६३ लाख ४ हजार ५५० रुपैयाँ र अन्य बरामद गरिएको सबै अवैध सामाग्री गरि प्रदेशभरबाट ३१ करोड ५० लाख ६७ हजार १४६ रुपैयाँको अवैध सामाग्री बरामद गरेको खत्रीले जानकारी दिएका छन् ।

बाहिनीपति डीआईजी खत्रीले दिएको जानकारी अनुसार  लुम्बिनी प्रदेश अन्तर्गत राप्ती नदीको पूर्वतर्फको पश्चिम नवलपरासीस्थित सशस्त्र प्रहरी बल नं.२६ गणले ३ करोड ५० लाख १२ हजार ९३ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको हो। उल्लेखित रकममा त्यहाको सशस्त्र प्रहरीले बरामद गरेको खाद्यान्नदेखि सवारीसाधनसम्मको हो। 

रुपन्देहीस्थित सशस्त्र प्रहरी बल नंं.२७ गणले ९ करोड २३ लाख २ हजार ९२९ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको छ भने कपिलवस्तुस्थित नंं.२८ गणले आर्थिक वर्ष २०८०-०८१ मा २ करोड ८२ लाख २७ हजार १४५ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको हो।

त्यसैगरि लुम्बिनी प्रदेशस्थित राप्ती नदीको पश्चिममा रहेको दाङ जिल्लास्थित सशस्त्र प्रहरी बल नंं. २९  गण भालुबाङले ६३ लाख २२ हजार २९४ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरेको डीआईजी खत्रीले जानकारी दिएका छन् । बाँकेको सशस्त्र प्रहरी बल नंं.३० गणले आर्थिक वर्ष २०८०-०८१ मा १३ करोड ८० लाख ९५ हजार २७० रुपैयाँ बराबरको अवैध ओसारपसारविरुद्धको सामाग्री बरामद गर्न सफल भएको हो। बाँकेले बरामद गरेको अवैध सामाग्री लुम्बिनी प्रदेशभरमै सबैभन्दा बढी हो।

यस्तै लुम्बिनी प्रदेशको सबैभन्दा पश्चिमी जिल्ला बर्दियामा रहेको सशस्त्र प्रहरी बल नंं.३१ गणले १ करोड ५२ लाख ८ हजार ९१३ रुपैयाँको अवैध सामाग्री बरामद गरेको हो। यस जिल्लामा एउटा मात्र छोटी भन्सार छ। 

सशस्त्र प्रहरीले बरामद गरेको माथि उल्लेखित रकम बराबरको अवैध सामाग्री गत आर्थिक वर्ष २०७९-०८० को भन्दा ३७.९२ प्रतिशतले वृद्धि भएको हो।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १४:४२
प्रतिक्रिया दिनुहोस्