श्रोत नखुलेको ४८ लाख रुपैयाँसहित सुनिल पक्राउ

बुधबार, साउन १०, २०८०

कपिलवस्तु । कपिलवस्तुबाट श्रोत नखुलेको ४८ लाख रुपैयाँसहित प्रहरीले  एक जनालाई  पक्राउ गरेको छ।

कपिलवस्तु प्रहरीले कपिलवस्तु- १ नयाँ टोल चोकबाट स्रोत नखुलेको ४८ लाख नगद सहित मंगलवार साँझ  ७ बजेतिर सुनिल गुप्तालाई पक्राउ गरेको जनाएको छ।

वडा नं. १ नयाँ टोलीमा नित्यानन्द बर्माको भाडाको घरबाट  गुप्तालाई ४८ लाखसहित पक्राउ गरेको हो । 

प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा गएको टोलीले गुप्ताबाट १४ लाख ९८ हजार  हजार १२० रुपैयाँ भारतीय रुपैयाँ र अरू नेपाली रुपैयाँ बरामद गरेको हो।

४८ लाख रुपैयाँसहित पक्राउ परेका गुप्तालाई आज आबश्यक कारबाहीका लागि  राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइने जिल्ला प्रहरी कपिलवस्तुले जनाएको छ। 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०८:३९
प्रतिक्रिया दिनुहोस्