सहरी विकास मन्त्री सिंह र भारतीय राजदुत श्रीवास्तवबीच भेटवार्ता

मंगलबार, साउन १, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

आज बिहान मन्त्रालय पुगेर राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई भेटेर बधाई दिदै  सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोग बारेमा पनि छलफल भएको मन्त्रालयले जानकारी दिएको छ।

भेटवार्तामा भारतले आबश्यक सहयोग र सहकार्य गर्ने र  राजदुत श्रीवास्तवले अन्य विषयमा सहयोग गर्ने बताएका थिए।

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १३:०८
प्रतिक्रिया दिनुहोस्