त्रिशुलीमा बेपत्ता यात्रुमध्ये १५ शव फेला पर्दा हालसम्म ८ को पहिचान

मंगलबार, साउन १, २०८१
Neuro hospital Nepalgunj

चितवन। गत शुक्रवार त्रिशुली नदीमा बेपत्ता भएका ६२ जना यात्रुहरुमा हालसम्म १५ जनाको शव फेला परेको छ।दुबै बसमा सवार  जम्मा ६५ यात्रुहरुमध्ये ३ जना पौडीएर बाँचेका मध्ये ६२ यात्रु बेपत्ता भएका थिए।

जसमा चितवन प्रहरीका अनुसार १५ जनाको शव बरामद हुँदा ८ जनाको पहिचान खुलेको हो।

जिल्ला प्रशासन चितवनले दिएको जानकारी अनुसार वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००६ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा काटिएको चलान अनुसार २७ जना यात्रु र पछि चढेका ११ यात्रु गरि ३८ जना रहेका छन् । आफन्तले टिपाएको विवरण अनुसार थप ११ जना यात्रु पछि बसमा सवार रहेको प्रशासन कार्यालय चितवनले जनाएको छ। 

त्यसैगरि काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसको चलानी अनुसार २३ जना र पछि चढेका ४ गरि २७ जना सवार रहेको जिल्ला प्रशासन चितवनले जनाएको छ।

 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्