कृषि प्राविधिक अधिकृतसहित २ जना ४ लाख घुससहित पक्राउ, ४८ लाखको चेक पनि बरामद

मंगलबार, साउन १, २०८१

दार्चुला । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाका कृषि प्राविधिक अधिकृतसहित दुई जनालाई कैलालीबाट घुससहित रङ्गेहात पक्राउ गरेको छ। 

दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह घामी र अर्का कृषि प्राविधिक अशोकसिंह धामीलाई सेवाग्राहीबाट लिएको ४ लाख १२ हजार रुपैयाँ घुससहित कन्चनपुरबाट गएको अख्तियारको टोलीले पक्राउ गरेको जनाएको छ।

अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गर्दा ४५ लाख ६० हजार रुपैयाँका ५ वटा काटिएको चेक र प्राविधिक अशोकको नाममा जारी भएको २ लाख ५० हजार रुपैयाँको थप २ वटा चेक पनि बरामद गरेको जानकारी दिएको छ।

अख्तियारले उनीहरु दुबै जनालाई कैलाली जिल्लास्थित धनगढी उपमहानगरपालिका-४ बोराडाडीबाट सोमबार नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।

 

 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०६:२४
प्रतिक्रिया दिनुहोस्