आफू खुशी बिदामा बसेका प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन (सूचनासहित)

बुधबार, साउन १०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेपाल प्रहरीका आफू खुशी बिदामा बसेका २२ जना प्रहरीलाई ७ दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन जारी भएको छ। 

प्रधान प्रधान कार्यालय नक्सालले आज एक सूचना जारी गर्दै विदा स्वीकृत नगराई लामो समयसम्म बिदामा बसेका प्रहरीलाई ७ दिन गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको हो।

प्रहरीले जारी गरेको सूचनामा सबैभन्दा लामो समय आफू खुशी बिदामा बस्ने प्रहरी जवान नरेन्द्र कुमार साह छन् ।प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र हाजिरी नभएमा प्रहरी सेवाबाट हटाउने समेत भनेको छ।

को-को हुन् आफू खुशी विदामा बस्ने प्रहरीहरु-सूचना! 

 

 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०७:४७
प्रतिक्रिया दिनुहोस्