नयाँ सरकारमा एउटै जिल्लाबाट तीन जना मन्त्री

सोमबार, असार ३१, २०८१

काठमाडौं ।  केपी शर्मा ओली नेतृत्वको सरकारमा एउटैै जिल्लाबाट तीन जना मन्त्री बनेका छन् । नेकपा एमाले अध्यक्ष ओलीले नेतृत्व गरेको नयाँ सरकारमा तीन वटा पार्टीबाट पर्सा जिल्लाका तीन जना मन्त्री बनेका हुन् ।

पर्साबाट नयाँ सरकारका मन्त्रीहरुमा नेपाली कांग्रेसबाट अजय चौरसिया, नेकपा एमालेबाट राजकुमार गुप्ता र जनता समाजवादी पार्टी (जसपा) बाट प्रदिप यादव मन्त्री बनेका हुन् ।

जसमा पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका चौरसिया कानुन न्याय तथा संंसदीय मामिला , क्षेत्र नम्बर  १ बाट निर्वाचित यादव खानेपानी तथा सरसफाइ मन्त्री र ३ नम्बरबाट निर्वाचित भएका एमालेका गुप्ता सामान्य प्रशासन मन्त्री बनेका हुन् ।

२०७९ मंसिरमै निर्वाचित भएका पर्सा-४ का कांग्रेसका रमेश रिजाल पनि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री बनिसकेका छन् । रिजाल नेकपा माओवादी र कांग्रेसको गठबन्धनमा मन्त्री भएका थिए।

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्