नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ

सोमबार, असार ३१, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिर्का  छन् ।

आज शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई शपथ गराएका हुन् ।

ओली देशको ४६ औं प्रधानमन्त्री बनेका छन्  । नेकपा एमालेका अध्यक्ष ओलीलाई नेपाली कांग्रेसको समर्थनमा संविधानको धारा ७६ (२) बमोजिम राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । 

प्रधानमन्त्री ओलीको शपथ कार्यक्रममा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति  रहेको थियो । 

 

 

 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्