सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । अर्जेन्टिनाले कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जितेको छ । अमेरिकाको मियामीमा आज बिहान भएको फाइनलमा कोलम्बियामाथि १–० को जित हासिल गर्दै अर्जेन्टिनाले कीर्तिमानी १६ औँ पटक उपाधि जितेको हो ।
अर्जेन्टिनाका लागि खेलको अतिरिक्त समयको ११२ औँ मिनेटमा लाउटारो मार्टिनेजले निर्णायक गोल गरे ।
१ घण्टा २२ मिनेट ढिला गरी शुरु भएको फाइनलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयको ८ मिनेट बाँकी छँदा मार्टिनेजले शानदार गोल गरेका हुन् ।
खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी भने घाइते भएर ६६ औँ मिनेटमा बाहिरिएका थिए । उनीमाथि फाउल भएपछि पटक पटक आँशु चुहाएका थिए ।
कोलम्बियाले बल पोसेसनमा ५३ प्रतिशत ओगटेकामा गोलका लागि आधा दर्जन प्रहार गरेको छ ।
फाइनलमा अर्जेन्टिनाका गोलपिकरले आधा दर्जन कोलम्बियाका प्रहारको उत्कृष्ट बचाउ गरेका थिए । फाउल भने कोलम्बियाले बढी नै खेल्यो । कोलम्बियाले १६ फाउल खेल्दा अर्जेन्टिनाले ६ फाउलमात्र खेल्यो । कोलम्बियाका दुई तथा अर्जेन्टिनाका दुई खेलाडीले पहेँलो पहेँलो कार्ड पाएका छन् ।
अर्जेन्टिनाले सबैभन्दा बढी १६ औँ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । उसले लगातार दोस्रो पटक उपाधि जितेको हो । उरुग्वेले १५ पटक उपाधि जितेको छ ।