उरुग्वेलाई कोपा अमेरिका कपको तेस्रो स्थानको उपाधि

आइतबार, असार ३०, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । कोपा अमेरिका कपको तेस्रो स्थानको उपाधि  लागि  उरुग्वेले जितेको छ   । आज बिहान भएको तेस्रो स्थानको भिडन्तमा पहिलो पटक सेमिफाइनलमा पुगेको क्यानाडा पेनाल्टी सुटआउटमा पराजित भएको हो । 

निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि खेलाइएको पेनाल्टी सुट आउटमा उरुग्वे ४–३ ले विजयी भयो । 

उरुग्वे १५ पटकको कोपा अमेरिका च्याम्पियन हो ।सेमिफाइनलमा क्यानाडा अर्जेन्टिनासँग २–० ले पराजित भएको थियो भने उरुग्वेलाई कोलम्बियाले १–० ले हराएको थियो । 

उपाधि भिडन्त सोमबार बिहान अर्जेन्टिना र कोलम्बियाबीच हुँदैछ । खेल नेपाली समयअनुसार ५ः४५ बजे शुरु हुनेछ । 

अर्जेन्टिना १५ पटकको च्याम्पियन हो । यसपालिको उपाधि जित्दा सर्वाधिक कोपा अमेरिका जित्ने कीर्तिमान लेखाउने छ । अर्जेन्टिना साविक विजेता पनि हो । 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ०८:२४
प्रतिक्रिया दिनुहोस्