त्रिशुलीमा हराएका दुई बसको वाटर ड्रोनले खोजी गर्दै सशस्त्र प्रहरी

शनिबार, असार २९, २०८१

चितवन । शुकवार बिहान साढे ३ बजे लेदोसहितको पहिरोले बगाएर त्रिशुलीमा बेपत्ता भएका दुबै बस र त्यसमा सवार यात्रुहरुको खोजीका लागि पानी भित्र हेर्न मिल्ने वाटर ड्रोन क्यामरा प्रयोग गरिएको छ ।

सशस्त्र प्रहरी बलले दिएको जानकारीअनुसार आज बिहानैदेखि खोजीमा सशस्त्र प्रहरीको गोताखोर सहितको टोली परिचालन गरिएको र वाटर ड्रोन क्यामरा प्रयोग गरिएको हो ।

गोताखोरको टोलीले त्रिशूली नदीमा सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टमसहित खोजी कार्य शुरु गरेको जिल्ला प्रहरी चितवनले जनाएको छ । र्याफ्टबोटमा जडान गरेर पानी भित्रको बस्तुहरू हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउने जनाएको छ ।

सशस्त्र प्रहरीको चितवनको कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ९ जना गोताखोरसहित २५ जना र नं १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ३५ जनाको सुरक्षा फौज उनीहरूको खोजी कार्यमा परिचालित भएको छ । साथै नेपाली सेना र नेपाल प्रहरीसमेत परिचालित रहेका छन् ।

तर २४ घण्टाबढी समयसाम खोजीकार्य गर्दा समेत नस र यात्रुहरुको कुनै सुराक नै फेला पर्न सकेको छैन । शुक्रवार साँझ भने एउटा बसको पर्दा र बच्चाको ट्रयाकसुट फेला परेको थियो।

 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्