त्रिशुलीमा बेपत्ता भएको बसको पर्दा र बच्चाको ट्रयाकसुट भेटियो, बस र यात्रु भेटिएनन्

शुक्रबार, असार २८, २०८१
Neuro hospital Nepalgunj

चितवन । पहिरोले बगाएर त्रिशुली नदीमा बेपत्ता भएका दुई वटा बसमध्ये एउटा बसको पर्दा फेला परेको छ।

खोजतलास जुटेको सुरक्षाफौजको टोलीले बेपत्ता भएको बागमती प्रदेश १५३६ नम्बरको  एन्जल  डिलक्सको पर्दा फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। एन्जल डिलक्समा यात्रा गर्ने  यात्रुले उक्त पर्दा एन्जलको हो भनेपछि बस त्रिशुलीमा बेपत्ता निश्चित भएको छ।

प्रहरीका अनुसार पर्दासहित एउटा बच्चाको ट्रयाकसुट पनि फेला परेको छ।

आज बिहान साढे ३ बजे नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत सिमलटारमा लेदोसहिको पहिरोमा बगेर वीरगंजबाट काठमाडौं आउँदै गरेको बास र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको डिलक्स बस त्रिशुलीमा बेपत्ता भएका थिए।

आज बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले दिनभर खोजी कार्य गरे पनि बस र यात्रु फेला पर्न सकेका छैनन् ।

बेपत्ता भएका बस मध्ये वीरगंजबाट आएको बसमा २४ जना र गणपति डिलक्समा २७ जना यात्रु सवार रहेको निवर्तमान गृहमन्त्री रवि लामिछानेले संसदमा जानकारी गराएका थिए ।   उक्त स्थानमा सशस्त्र प्रहरी बलका २८ गोताखोरसहित पाँच सय सुरक्षाकर्मी परिचालन भएका थिए । 

आज साँझसाम यात्रु र बसको अवस्था अज्ञात रहेको र आज लागि खोजी कार्य स्थगित भएको चितवन प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  २०:१८
प्रतिक्रिया दिनुहोस्