रुपन्देहीका युवा संघका नेताको हत्यामा संलग्न दुई जनाले गरे आत्मसमर्पण

शुक्रबार, असार २८, २०८१

रुपन्देही । बुटवलमा युवासंघका नेता रवि थापाको हत्यामा संलग्न भएका फरार दुई युवाले इलाका प्रहरी कार्यालय बुटवलमा आत्मसमर्पण गरेका छन् ।

आज दिउँसो साढे १ बजे इलाका प्रहरी कार्यालय बुटवलमा उनीहरुले आत्मसमर्पण गरेका हुन् । गत जेठ २ गते बुटवल उपमहानगरपालिका( कालिका पथमा रहेको मोन्टाना लन्ज एण्ड बारमा चक्कु प्रहारबाट गम्भीर घाइते भएका बुटवल उपमहानगरपालिका वडा नं ७ का नेता थापाको उपचारको क्रममा असार १८ गते मृत्युु भएको  थियो । 

प्रहरीसमक्ष आत्मसमर्पण गर्नेहरुमा बुटवल उपमहानगरपालिका-६  ट्राफिक चोकका किशोर कुँवर र सोही  बुटवल-१७  रानिगञ्जका पुस्मान कार्की रहेका छन् । 

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले अभियुक्तहरु प्रहरीसमक्ष आत्मसमर्पण गरेको र  घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइने जानकारी दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्