बेपत्ता दुई यात्रुबाहक बस खोज्न सुरक्षाफौज त्रिशुलीमा (फोटोफिचर)

शुक्रबार, असार २८, २०८१

चितवन । आज बिहान पहिरोले बगाएर बेपत्ता भएका दुई वटा यात्रुबहाक बस अझै फेला परेका छैनन् । आज बिहान साढे ३ बजे पहिरोमा बगेर दुई बस त्रिशूलीमा बेपत्ता भएका छन् ।

काठमाडौँबाट गौर जाँदै  गरेको गणपति डिलक्स लेखिएको र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको एन्जट बस पहिरोमा बेपत्ता भएका हुन् ।

काठमाडौँ र रौतहट टिक काउन्टरले प्रहरीलाई उपलब्ध गराएको विवरण अनुसार काठमाडौँबाट रौतहटको गौरतर्फ जान्दै गरेको प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एञ्जल डिलक्स बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए। 

बेपत्ता भएका बसहरुको खोजीका लागि २ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। खोजमा सशस्त्र प्रहरीको गोताखोर त्रिशुलीमा गोता लगाउने कार्य गरिरहेको छ।

तस्बिरहरु-

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्