पहिरोमा पुरिएर पोखरामा एकै परिवारका ७ जनाको मृत्यु

शुक्रबार, असार २८, २०८१
Neuro hospital Nepalgunj

पोखरा । गएराति आएको भीषण पहिरोमा पुरिएर पोखरामा एकै परिवारका ७ जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं.१९ पुरुन्चौर ठाँटीका कुलबहादुर परियारको घर पुरिँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

पहिरामा पुरिएका सोही परिवारका २ जनाको सकुशल उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याइएको छ ।

गएराति १०ः१५ बजे घर माथिबाट आएको पहिराले घर पुरिएको बताइएको छ ।थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०७:०५
प्रतिक्रिया दिनुहोस्