भोलि पद जाने निश्चित भएपछि आजको संसद बैठक आएनन् मन्त्रीहरु

बिहीबार, असार २७, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । आजको प्रतिनिधि सभा बैठक मन्त्री उपस्थित नभएपछि संंसद बैठक स्थगित भएको छ। आज अपराह्न बसेको सभाको बैठकको प्रारम्भमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री र मन्त्रीहरु उपस्थित नभएकाले संसद् बैठक चल्न नसक्ने बताएपछि सभामुख देवराज घिमिरेले बैठक भोलिसम्मका लागि स्थगन भएको घोषणा गरे । 

सभामुखले घिमिरेले प्रतिनिधिसभाको बैठकमा कुनै पनि मन्त्रीको उपस्थिति नरहेकाले आजको बैठकको कार्यसूचीमा रहेको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम हटाइएको व्यहोरा जानकारी गराए । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ५ बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य छ । 

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ । सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रम छ । उनले विश्वासको मत नपाउने निश्चित भइसकेको छ । जसका कारण मन्त्रीहरु पनि भोलिसम्मका लागि मात्रै हुन् । 

संसदको सबैभन्दा ठूलोृ दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच नयाँ सरकारका लागि गठबन्धन भएसँगै तेस्रो दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई विश्वासको मत नमिल्ने निश्चित छ । 

प्रचण्डलाई अहिलेसम्म उनको पार्टी माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र नेकपा एकीकृत समाजवादीले मात्र मत दिने निश्चित भएको छ । 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १८:४६
प्रतिक्रिया दिनुहोस्