उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिका कपको फाइनलमा

बिहीबार, असार २७, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । अमेरिकामा जारी कोपा अमेरिका कपको सेमिफाइनलमा उरुग्वेलाई १-० गोलले हराउँदै कोलम्बिया फाइनलमा पुगेको छ।

कोलम्बियाका जेफरसन लेर्माले खेलको ३९ औं मिनेटमा गरेको गोल नै निर्णायक हुँदै कोलम्बिया फाइनलमा पुगेको हो।

समूह डी म  रहेको कोलम्बियाले ब्राजिलसँँग बराबरी खेल्दै कोस्टारिका र पराग्वेलाई पराजित गर्दै दोस्रो चरणमा पुगेको थियो।

अब फाइनलमा कोलम्बियाले बलियो अर्जेन्टिनासँँग खेल्नेछ ।

 

 

 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ०८:४१
प्रतिक्रिया दिनुहोस्