नेदरल्यान्ड्सलाई हराउँदै इंल्याण्ड युरोकपको फाइनलमा

बिहीबार, असार २७, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । जर्मनीमा जारी युरोकपको सेमिफाइनलमा नेदरल्यान्ड्स इंल्याण्डसँँग पराजित भएको छ। गएराति भएको अन्तिम सेमिफाइनलमा नेदरल्यान्ड्सलाई २-१गोलले पराजित गर्दै  इंल्याण्ड फाइनलमा पुगेको हो।

नेदरल्यान्ड्सका जावी सिमोन्सले खेलको ७ औं डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। तर, १८औं मिनेटमा ह्यारी केनले गोल गर्दै खेल बराबरीमा फर्काए । दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा ओली वाटकिन्सले गोल गर्दै इङ्गल्यान्डलाई जित दिलाए।

 जितसँगै फाइनलमा इङ्गल्यान्डले उपाधिको लागि स्पेनविरुद्ध खेल्नेछ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ०७:०४
प्रतिक्रिया दिनुहोस्