नदीमा आएको बाढीमा दाउरा तान्दा बेपत्ता भए एकजना

बुधबार, असार २६, २०८१
Neuro hospital Nepalgunj

तनहुँ । दाउराको लोभमा पर्दा एक जना बाढीमा बेपत्ता भएका छन् । 

तनहुँमा सेतीनदीबाट आज बिहान व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन् ।

तनहुँ  प्रहरीले बेपत्ता भएका थापाको खोजी जारी रहेको जानकारी दिए । बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनार आसपासका मानिसको भीड लाग्ने गर्दछ । 

 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्