क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका कपको फाइनलमा

बुधबार, असार २६, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । प्रतियोगितामा अपराजित अर्जेन्टिनाले क्यानडालाई २-० गोलले हराउँदै कोपा अमेरिका कपको फाइनलको यात्रा तय गरेको छ।

आज बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा पहिलो पटक सेमिफाइनलमा पुगेको क्यानडालाई पराजित गर्दै फाइनलमा पुगेको हो। अर्जेन्टिनाको जितमा अल्भारेज र मेसीले १-१ गोल गरे।

समूह चरणमा पनि अर्जेन्टिनाले क्यानडालाई २-० गोलले पराजित गरेको थियो। अर्जेन्टिनाले फाइनल खेल दोस्रो सेमिफाइनलको उरुग्वे र कोलम्बियाबीचको विजेतासँँग आइतबार खेल्ने छ।

 

 

 

 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०८:५१
प्रतिक्रिया दिनुहोस्